थप १७७ जना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज मात्रै देशभर १७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो । योसँगै नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । आज मृत्यु भएकासहित कुल मृतकको संख्या ६ हजार २४ पुगेको हो ।
यसैगरी गत २४ घण्टामा २३ हजार २२६ जनाको कोरोना परीक्षण गर्दा ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १६ हजार १९२ पुगेको मन्त्रालयले जनाएको छ । उता यीमध्ये १७१६ जना आइसीयूमा छन् भने ५११ जना भेन्टिलेटरमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा