आज ८ हजार ६०७ संक्रमित थपिंदा ७ हजार ८९० संक्रमित निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर आज ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन्। उता पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यीमध्ये ३ लाख ७४ हजार ८३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। उता पछिल्लो २४ घण्टामा देशभर १७७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा छन् भने ७ हजार ६९७ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। सक्रिय संक्रमितमध्ये १७ सय १६ जना देशका विभिन्न अस्पतालमा आइसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा