‘दम रोगबाट हुने मृत्यु कम गर्न बिरामीको समयमै उपचार र औषधिमा पहुँच आवश्यक छ’
कल्पना आचार्य \काठमाडौं : दम श्वासप्रश्वाससम्बन्धी एक दीर्घ रोग हो । यो जुनसुकै उमेर समूहलाई पनि हुनसक्छ । यसको सही र समयमै उपचार नपाउँदा धेरैले ज्यान गुमाउने गरेको पाइन्छ । तर विज्ञहरुले दम रोगको समयमै उपचार गर्दा सहज जीवनयापन गर्न सक्ने र यसबाट हुने मृत्यु कम गर्न सकिने जनाएका छन्। विश्व दम रोग दिवसको अवसरमा आयोजिक एक कार्यक्रममा अष्ट्रेलियाको न्यु साउथ वेल्स युनिभर्सिटीका श्वासप्रश्वास रोग विशेषज्ञ एवं ‘इन्टरनेशनल यूनियन अगेन्स्ट ट्युबरक्लोसिस एण्ड लंग डिजिज’ द यूनियनका अध्यक्ष प्राडा गाय मार्क्सले दमका बिरामीहरु विकसित देशमा पनि उत्तिकै भएको भन्दै यसको सही उपचार समयमै गर्ने हो भने बिरामीले सहज जीवनयापन गर्नसक्ने र मृत्यु पनि कम हुने बताए ।
उनले दमरोग विकसित र कम विकसित देशमा उत्तिकै भएको भन्दै मृत्युदर भने कम आय भएका देशमा बढी भएको बताउँछन्। । उनले विश्वमा दमरोगबाट हुने मृत्युमध्ये ५० प्रतिशत भारतमा मात्रै रहेको समेत जिकीर गरे । कोरोना महामारीका कारण वेभिनार मार्फत गरिएको उक्त कार्यक्रममा बोल्दै उनले भने, ‘दम रोगका बिरामीले समयमै उपचार र औषधिको सेवन गर्ने हो भने यसलाई धेरै हदसम्म जोगाउन सकिन्छ । तर न्यून आय भएका देशहरुमा बिरामीको औषधि र उपचारमा पहुँच नपुग्दा यसबाट हुने मृत्यु कम हुन सकिरहेको छैन् । हामी यही कुरामा चिन्तित छौं की पहुँच नभएका बिरामीलाई कसरी पहुँचमा पुराउने भनेर ।’ उनले यही कारणले पनि दमरोग अझै पनि विश्वाव्यापी समस्याकै रुपमा रहेको बताए ।
प्राडा मार्क्सले विश्वमा दमरोगबाट हुने मृत्युमध्ये ५० प्रतिशत भारतमा मात्रै रहेको समेत जिकीर गरे । कोरोना महामारीका कारण वेभिनार मार्फत गरिएको उक्त कार्यक्रममा बोल्दै उनले भने, ‘दम रोगका बिरामीले समयमै उपचार र औषधिको सेवन गर्ने हो भने यसलाई धेरै हदसम्म जोगाउन सकिन्छ । तर न्यून आय भएका देशहरुमा बिरामीको औषधि र उपचारमा पहुँच नपुग्दा यसबाट हुने मृत्यु कम हुन सकिरहेको छैन् । हामी यही कुरामा चिन्तित छौं की पहुँच नभएका बिरामीलाई कसरी पहुँचमा पुराउने भनेर ।’ उनले यही कारणले पनि दमरोग अझै पनि विश्वाव्यापी समस्याकै रुपमा रहेको बताए ।
उनले दमरोग गरिबलाई मात्र लाग्ने रोगका रुपमा लिन नहुने भन्दै यो रोग धेरै मात्रामा धनी देशका मानिसहरुलाई नै लागेको भए पनि त्यहाँ उपचार सहज हुँदा मृत्यु कम भएको बताए । उनले धनी वा गरिबको रोग भनेर बुभ्ने भन्दा पनि यो रोग जसलाई पनि हुनसक्छ भन्ने बुझ्न आग्रह गरे । दम रोग लाग्न सघाउने मुख्य कारक तत्वहरु धुम्रपान, वातावरणीय प्रदुषण, घरभित्रको धुवाँ, उद्योगबाट निस्कने धुलो- धुवा, वायू प्रदुषण लगायत हुन्। कतिपय दम वंशाणुगत रुपमा पनि आउनसक्छ । अल्प विकसित देशहरुमा दम बढाउने यस्ता ट्रिगरहरुलाई बाध्यताका कारण छोड्न नसक्दा पनि दमरोग व्यवस्थापन हुन नसकेको डा मार्क्सको बुझाई छ। मार्क्सले दमका रोगीहरुलाई उपचारको पहुँचमा पुराउन सबैले हातेमालो गर्ने बेला आएको बताए ।
नेपालमा दमरोग
नेपालमा एक वर्षअघि मात्र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययन अनुसार देशमा दमरोगीको संख्या कुल जनसंख्यामा ११ प्रतिशत रहेको पाइएको छ । यो संख्या निकै धेरै रहेको बताउँछन् वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ प्राडा रमेश चोखानी । उनले नेपालमा यति धेरै दमका रोगी हुनुको कारण अझै पनि गाउँघरमा खाना पकाउँदा प्रयोग गरिने दाउरा र त्यसबाट निस्कने धुवाँ रहेको बताए । उनीहरु प्रत्येक दिन त्यही दम बढाउने वातावरणमा रहँदा समस्या झनझन अप्ठेरो हुने गरेको उनको अनुभव छ । डा चोखानीले आफूले उपचार गराइरहेका कतिपय बिरामीले उपचार खर्च जुटाउन नसक्दा समयमै उपचार गर्न नआउने गरेको भन्दै दमरोगको उपचारमा सरकारले केही प्याकेज ल्याउन जरुरी रहेको बताए । कतिपय बिरामीको आर्थिक अभावकै कारण उपचार विचमै रोक्ने गरेको भन्दै उनले दमरोगको उपचार र प्रविधि महंगो भएकाले सबैको पहुँचमा नभएको बताए ।
नेपालमा दमका रोगीले प्रयोग गर्ने इन्हेलर औषधिप्रतिको जनचेतना कम भएका कारण धेरै रोगीले यसको प्रयोगले बानी बस्छ भन्दै बिचमै छोड्न गरेको पाइएको छ । यसबारे जनचेतना फैलाउन समेत जरुरी रहेको डा चोखानीको भनाई छ । उनले अझै पनि दम वृद्धवृद्धामा मात्रै देखिन्छ भन्ने धेरैको गलत बुझाइ रहेको भन्दै यो रोग सबै उमेर समूहको व्यक्तिमा हुने बताउँछन् ।
विभिन्न उमेर समूहका व्यक्तिमा विभिन्न किसिमका दम हुन्छन् । दमका बिरामीलाई लामो समयसम्म खोकी लाग्ने, खकार आउने, स्याँ स्याँ हुने, छाती भारी हुने जस्ता लक्षणहरु देखिने गर्छन्। त्यसैले श्वास फेर्न गाह्रो भएको छ, छाती भारी भएको या स्याँ स्याँ भईरहेको छ, छातीबाट घ्यारघ्यार आवाज आईरहेको छ अथवा लामो समय खोकी लागेको छ भने दम रोग हुन सक्छ ।
कोरोना महामारीमा कारण दमरोगका बिरामी झनै समस्यामा परेको र उपचारका लागि अस्पतालसम्म आउन नसकेको डा चोखानीको भनाई छ । यसले दमरोगमा अझै जटिलता बढाउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित