थप १९० जना कोरोना संक्रमितको मृत्यु, ८ हजार ३०५ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ । यसैगरी गत २४ घण्टामा २२ हजार ८७ जनाको कोरोना परीक्षण गर्दा ८ हजार ३०५ जनामा कोरोना पुष्टि भएको छ । योसहित देशमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । यीमध्ये हालसम्म ३ लाख ६६ हजार ९४६ जनाले कोरोना जितेर निको भइसकेको मन्त्रालयले जनाएको छ ।
आज मात्रै ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ८५२ रहेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् भने ७ हजार ८१४ जना संस्थागत आइसोलसनमा छन्। सक्रिय संक्रमितमध्ये पनि १७४८ जना आईसीयूमा छन्, जसमध्ये ४९२ जना भेल्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा