देशभर २ हजार संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल झण्डै २ हजार कोरोनाका सिकिस्त संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म देशका विभिन्न प्रदेशमा रहेका आइसीयूमा उपचाररत कोरोना संक्रमितको संख्या १६ सय १८ रहेको छ । यसैगरी भेन्टिलेटरमा उपचार गराइरहेको संक्रमितको संख्या ३८१ रहेको छ । सबैभन्दा बढी संक्रमित बाग्मती प्रदेशमा रहेका छन् । यहाँ ८०१ जना आइसीयूमा छन् भने २३५ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना पुष्टि हुनेहरुमा कडा खालका लक्षण देखिएको र जसका कारण आइसीयू र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बढेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम बताउँछन्।
नेपालमा कुल १ लाख १४ हजार ३५८ संक्रमितमध्ये १ लाख ६ हजार ९११ जना होम आइसोलेसनमा रहेका छन् भने जम्मा ७ हजार ४४७ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। हाल कोरोना संक्रमणबाट निको हुने दर ७५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा