आज एकैदिन २४६ जनाको कोरोनाबाट मृत्यु, ८ हजार १७३ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट २४६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन देशभर २४६ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको हो । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ । उता पछिल्लो २४ घण्टामा देशभर २१ हजार ८४७ जनाको कोरोना परीक्षण गर्दा ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको छ ।
योसहित देशमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ पुगेको छ । यीमधध्ये ३ लाख ६० हजार ४०३ जना निको भएका छन्। आज कोरोना जितेर निको हुनेको संख्या ७ हजार ९८९ छ ।
हाल देशभर १ लाख १४ हजार ३५८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा