बाँकेमा पछिल्लो १३ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : कोरोनाको हटस्पट बाँकेमा कोरोना संक्रमणबाट पछिल्लो १३ घण्टामा १७ जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गरी १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा ९ जना र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ८ जना कोरोना संक्रमितको हिजो साँझ यता मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेहरुमा २७ वर्षदेखि ८४ वर्ष उमेरसम्मका रहेको वलीले जनाए । योसँगै बाँकेमा हालसम्म २५३ जनाको र बाहिर जिल्लाबाट बाँकेमा उपचार गराउन आएर उपचारका क्रममा मृत्यु हुनेको सख्या २०९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा