नेपालमा पनि देखियो असाध्यै संक्रामक मानिएको कोभिड-१९ को नयाँ भेरियन्ट
नयाँ भाइरस सबै उमेर समूहमा संक्रामक र जोखिमपूर्ण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा असाध्यै धेरै संक्रामक मानिएको कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाको थप दुई वटा संक्रामक भेरियन्ट पत्ता लागेको जनाएको हो । मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा जिन सिक्वन्सिङ गर्दा आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा (३४ वटामा) B.1.617.2 नयाँ भेरियन्ट र ३ प्रतिशतमा B.1.617.1 भेरियन्ट पुष्टि भएको छ।
यी परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो भाइरस सबै उमेर समूहमा निकै संक्रामक र जोखिमपूर्ण रहेको भन्दै मन्त्रालयले सबैलाई सचेत हुन आग्रह समेत गरेको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा