पछिल्लो २४ घण्टामा थपिए ८ हजार २०३ संक्रमित, १९६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ८ हजार २०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९७९ जनाको कोरोना परीक्षण गरिएकोमा ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो । योँिगै देशभर कुल कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । यीमध्ये ३ लाख ५२ हजार ३१४ जना निको भइसकेका छन्। उता गत २४ घण्टामा १९६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । आज ६ हजार ८९१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १४ हजार ५२९ जना रहेको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त