काठमाडौं उपत्यकामा थपिए ३ हजार ९८ संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९८ जनामा संक्रमण पुष्टि भएको हो।
ती मध्ये काठमाडौं जिल्लाका २३४६ जना, ललितपुरका ४५४ जना र भक्तपुरका २९८जना रहेका छन्। पछिल्लो २४ घण्टामा २२ हजार ८७ जनाको कोरोना परीक्षण गरिएको थियो। सो परीक्षणबाट नेपालभर ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ भने आज २१४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा अहिले ४० हजार ७७४ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्रै २८ हजार ५२७ जना, भक्तपुरमा ५ हजार ७६ र ललितपुरमा ७ हजार १७१ रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा