२४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु, ५७६७ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । उता आज २२ हजार ८७ जनाको कोरोना परीक्षण गरिएकोमा ९ हजार २४७ जनामा कोराना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संख्यासहित देशमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।
यीमध्ये ३ लाख ४५ हजार ५२३ जना भने निको भइसकेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ७६७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १३ हजा। ४८० पुगेको छ । जो होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा