चिकित्सक संघले बनायो चिकित्सकका लागि १ सय बेडको क्वारेन्टाइन
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले उपचारमा खटिएका चिकित्सकहरुका लागि भन्दै १ सय बेडको क्वारेन्टाइन बनाएको छ।
संघका महासचिव डा बद्री रिजालका अनुसार चिकित्सकको लागि कमलपोखरीस्थित अग्रवाल भवनमा १ सय बेडको सुविधा सम्पन्न क्वारेन्टाइन संचालन गर्न लागेको हो । उनले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलसँग संयुक्त आयोजनामा संचालित उक्त क्वारेन्टाइन र केही समयपछि आइसोलेसन सेन्टर समेत संचालन गर्ने तयारी गरिएको जनाए ।
उक्त क्वारेन्टाइन सेन्टर संचालनका लागि नेपाल चिकित्सक संघको तर्फबाट केन्द्रीय सदस्य डा प्रमोद जोशीको संयोजकत्वमा केन्द्रीय सदस्य डा रिेतेश थापा, वरिष्ठ प्रशासकीय अधिकृत मिलनचन्द्र खनालको ३ सदस्यीय समिति समेत गठन गरिएको छ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज उक्त क्वारेन्टाइनको भर्चुअल रुपमा उद्घाटन गरेको संघले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा