काठमाडौंका सबै सरकारी अस्पतालबाट ‘कोभिड ओपिडी’ सेवा दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौंका सबै सरकारी अस्पतालबाट ‘कोभिड ओपिडी’ सेवा दिन सुरु गरेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि सहजताका लागि अहिलेलाई काठमाडौंका सबै सरकारी अस्पतालमा कोभिड ओपीडी सुरु गरेको जनाए ।
उक्त कोभिड ओपीडीमा संक्रमितको सम्पूर्ण जाँच गरी सामान्य भए घर पठाउने र अक्सिजन चाहिएमा ओपीडीमै दिएर हेर्ने र जटिल भएमा भर्ना गर्ने व्यवस्था मिलाइएको डा गौतमले जनाएका छन्। सरकारी अस्पतालमा सुरु भएपछि निजी अस्पताललाई पनि यसरी नै ओपीडी सुरु गर्न भनिएको डा गौतमको भनाई छ । उनले ओपीडीमा संक्रमित हेर्दा अस्पतालमा भर्ना र अक्सिजनको चाप घट्ने र अक्सिजन र बेड नपाउने समस्या आफै कम हुने समेत जिकीर गरे ।
होम आइसोलेसनमा बसेका संक्रमितले आफनो स्वास्थ्य अवस्था बुझ्नका लागि ओपीडीमा गएर जाँच गरेर आवश्यक परामर्श लिन सक्नेछन्। यसले गर्दा उनीहरुको स्वास्थ्य अवस्था बेलैमा पत्ता लाग्ने र जटिलता भए तुरुन्त व्यवस्थापन गर्न सकिने गौतमको भनाई छ । उनले सबैलाई आ आफ्नो जिम्मेवारी निभाउन समेत आग्रह गर्दै अब केही दिनमा समस्या कम हुँदै जाने बताए ।
वीर अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, पाटन, शसस्त्र प्रहरी अस्पताल लगयातका १३ अस्पतालमा कोभिड ओपीडी सेवा सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण