कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाएकालाई आजदेखि दोस्रो डोज लगाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आज देखि लगाउन शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकालाई अब दोस्रो डोज लगाइने भएको हो।
आज १० बजेदेखि तोकिएका खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले सबैलाई आग्रह समेत गरेको छ । चैत २५ देखि वैशाख १५ सम्म खोप लगाएका १८ वर्षदेखि ५९ वर्षसम्मका नागरिकले भेरोसलको दोस्रो डोज लगाउन पाउने छन्।
खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाउन आग्रह गरेको छ । अन्य स्थानीय तहमा पनि कम्तीमा एउटा खोप केन्द्र तोकिएको जनाइएको छ
आफूलाई पायक पर्ने केन्द्रमा आफ्नो पालोमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ। खोप लगाउनका लागि यसभन्दा अघि खोप लगाएको कार्ड र आफनो परिचयपत्र भने अनिवार्य देखाउनुपर्ने बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा