कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु, ५ हजार ४५५ जना संक्रमणमुक्त
२४ घण्टामा ८ हजार १६७ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८७ जना संक्रमितले ज्यान गुमाएका हुुन्। योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । उता गत २४ घण्टामा १८ हजार ५४८ जनाको कोरोना परीक्षण गर्दा ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित हालसम्म कोरोना पुष्टि हुनेको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । यीमध्ये ७४ दशमलब ४ प्रतिशत अर्थात ३ लाख ३३ हजार १०८ जना संक्रमणमुक्त भइसकेका छन्।
हाल देशभर आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ । आज ५ हजार ४५५ जना संक्रमितले कोरोना जितेर निको भएका छन् । मन्त्रालयका अनुसार हाल ६७५ जना क्वारेन्टाइनमा रहेका छन्।




तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा