डाक्टरको सिफारिस बाहेक घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरको सिफारिस बाहेक अक्सिजन सिलिण्डर घरमा नराख्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उपचारमा अक्सिजनको महत्वपूर्ण भूमिका रहेको भन्दै कसैले पनि घरमा सिलिण्डर आफू खुशी नराख्न र भएका सिलिण्डर पनि नजिकको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले बिहिबार बसेको मुख्यसचिव स्तरको बैठकले यस्तो निर्णय गरेकाले सोही बमोजिम गर्न सबैलाई अनुरोध गरेको जनाएको छ ।
पछिल्लो समय बजारमा अक्सिजनको कमी भएपछि केही व्यक्तिहरुले पहुँचका आधारमा आफूलाई आवश्यक पर्नसक्ने भन्दै अक्सिजन सिलिण्डर जगेडा गरेर राख्न थालेका छन्। जसले गर्दा बजारमा सिलिण्डरको पनि अभाव भइरहेको मन्त्रालयले जनाएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा