२४ घण्टामा २०३ कोरोना संक्रमितको मृत्यु, ६ हजार १३५ जना संक्रमणमुक्त
८ हजार ५२० नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २०३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन्। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ । उता पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज देशका विभिन्न प्रयगशालामा गरी २१ हजार ४७८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आजसम्म कोरोना पुष्टि हुनेको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा