अक्सिजनमा लगाइएको कोटा प्रणाली हट्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले अक्सिजनमा लगाएको कोटा प्रणाली हटाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै अक्सिजनमा लगाइएको कोटा प्रणाली हटाइएको जनाएको हो ।
सूचनामा हाललाई कोटा प्रणाली हटाइकाले अस्पताललाई साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई निर्देशन दिइएको छ ।
सरकारले अक्सिजन व्यवस्थापनको जिम्मा सीसीएमसीलाई दिएपछि उसले अस्पताललाई कोटा अनुसार मात्र अक्सिजन दिन उद्योगलाई पत्राचार गरेको थियो । कोटा प्रणालीमा जाँदा झनै समस्या देखिएर बिरामीको अक्सिजन नपाएरै मृत्य हुन थालेपछि मन्त्रालयले अब भने कोटा प्रणाली खारेज गर्दै अक्सिजनको व्यवस्थापनको जिम्मा पनि आफ्नै मन्त्रालयमा रहने गरी निर्णय गरेको छ ।
अक्सिजन वितरणलाई सहज र व्यवस्थित बनाउनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय टोली समेत गठन गरेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा