Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्रीको जिम्मेवारी पुन: त्रिपाठीलाई

स्वास्थ्यमन्त्रीको जिम्मेवारी पुन: त्रिपाठीलाई

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पुन: ह्दयेश त्रिपाठीलाई नै दिइएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले त्रिपाठीलाई पुन: स्वास्थ्यमन्त्रीमा नियुक्त गरेकी हुन्। नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीले शुक्रबार नै राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

यसभन्दा अघिको ओली सरकारमा पनि त्रिपाठी स्वास्थ्यमन्त्री नै थिए । यसैगरी स्वास्थ्य राज्यमन्त्रीमा पनि नवरात रावतले नै जिम्मेवारी पाएका छन्। गत २७ वैशाखमा प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । तर पुन संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा उनी पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार