सिकिस्त संक्रमितको संख्या बढ्दै : १७६१ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : हाल देशका विभिन्न अस्पतालमा १७ सय ६१ जना सिकिस्त कोरोना संक्रमितको भेन्टिलेटर र आइसीयूमा उपचार भइरहेको छ । यो संख्या दिनप्रतिदिन बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म आइसीयूमा १३ सय ८१ जना र भेन्टिलेटरमा ३८० जना कोरोनाका सिकिस्त संक्रमित रहेका छन्। सातै प्रदेशमा संक्रमित आइसीयू र भेन्टिलेटरमा रहेका छन्। सबैभन्दा बढी बाग्मती प्रदेशमा ६३८ जना संक्रमित आइसीयू र २३१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रदेश १ मा १८० जना आइसीयूमा र ५३ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा १७९ जना आइसीयूमा र ४३ जना भेन्टिलेटरमा रहेका छन्। उता गण्डकी प्रदेशमा ८८ जना आइसीयूमा र १८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । यसैगरी लुम्बिनी प्रदेशमा १३६ जना आइसीयूमा र १३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कर्णाली प्रदेशमा ११० जना आइसीयमा छन् भने ८ जना भेन्टिलेटरको सहयोगमा उपचारमा छन्। सूदुरपश्चिममा भने केही कम संक्रमितको आइसीयूमा उपचार भइरहेको छ । त्यहाँ ५० जना संक्रमित आइसीयूमा छन् भने १४ जना भेन्टिलेटरमा छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त