पछिल्लो २४ घण्टामा २१४ कोरोना संक्रमितको मृत्यु, ५०५५ जना निको भए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन्।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ । यसैगरी आज २० हजार २४५ जनाको कोरोना परीक्षण गरिएकोमा ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको छ । योससहित देशभर कुल कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९० पुगेको छ । यीमध्ये ३ लाख २१ हजार ५१८ जना संक्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।
उता आज ५ हजार ५५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ५ हजार २०७ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा