ट्रमा सेन्टरमा पनि अक्सिजन अभाव, निर्देशक भन्छन् -अब कसरी उपचार गर्ने ?
हेल्थ टिभी अनलाइन\ काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले हिजो रातीसम्म धानेपनि अब अस्पतालमा अक्सिजन सकिएको भन्दै सबैलाई सहयोगको लागि अपिल गरेका छन्। उनले रातभर त बल्ल बल्ल धानियो अब कसरी धान्ने हो अन्यौलमा परेको भन्दै सामाजिक संजालमा लेखेका छन्।
ट्रमा सेन्टरमा अहिले १०५ जना कोरोना संक्रमितको अक्स्जिनको सपोर्टमा उपचार भइरहेको छ । यही अवस्था आएमा जुनसुकै बेला पनि अप्रिय घटना हुनसक्ने उनको भनाई छ ।
यो अवस्था ट्रमा सेन्टरको मात्र हैन् राजधानी र राजधानीबाहिका अधिकांश अस्पतालमा अहिले प्रयाप्त अक्स्जिन छैन्। जसका कारण धेरै ठूला अस्पतालले अबदेखि नयाँ संक्रमित लिन नसक्ने भन्दै सूचना समेत जारी गरिसकेका छन्। सरकारले हिजो मात्रै सय बेड माथिका सबै अस्पतालले अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भन्दै निर्देशन दिएको छ । तर प्लान्ट जडान गर्न पनि केही समय लाग्ने देखिन्छ । योबीचमा धेरै कोरोना संक्रमितले अक्सिजनको अभावका कारण ज्यान गुमाउनुपर्ने स्थिीति सिर्जना भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा