सय बेड माथिका अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सय बेड माथिका सबै निजी तथा सामूदायिक अस्पतालले अनिवार्य रुपमा १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको प्रेस व्रिफिङका क्रममा उक्त कुरा बताएका हुन्। उनले आजका मितिदेखि १५ दिनभित्र एक सय बेड माथिका सबै अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गरी सोको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराउन समेत आग्रह गरे । उनले यसका लागि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले समन्वय र सहजीकरण गर्ने समेत जानकारी दिए ।
पछिल्लो समय सिकिस्त कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालहरुमा अक्सिजनको हाहाकार भएको छ । अत्यधिक माग बढेपछि अस्पतालमा बिरामीलाई अक्सिजनसहित उपचार दिन धौ धौ परेको छ । जसका कारण धेरै अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसक्ने सूचना जारी गरिरहेका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त