ग्राण्डी अस्पतालले पनि नयाँ बिरामी भर्ना नलिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धापासीस्थित ग्राण्डी इनटरनेशनल अस्पतालले पनि अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको छ । अस्पतालले आज एक सूचना जारी गर्दै सरकारले कोटामा दिने १ सय सिलिन्डर प्रयाप्त नभएको भन्दै अबदेखि नयाँ संक्रमित भर्ना गरेर उपचार गर्न नसकिने जनाएको हो । अक्सिजनको आपूर्ति सहज भएमा भने पुन: सेवा सुचारु गर्ने सूचनामा उल्लेख छ ।
पछिल्लो समय उपत्यकामा ठूला अस्पतालले अक्सिजनको कमी भएको भन्दै नयाँ संक्रमित भर्ना गर्न नसक्ने जनाएका छन्। सरकारले अस्पतालको क्षमता अनुसार कोटा प्रणाली लागू गरेर अक्सिजन वितरण गर्ने निर्णय गरेको थियो । यो प्रणाली मार्फत दिएको अक्सिजनले बिरामीको उपचार गर्न नपुग्ने भन्दै अस्पतालहरुले धमाधम नयाँ बिरामी भर्ना नलिने घोषणा गर्न थालेका छन।
यसअघि नेपाल मेडिसिटी, ओम अस्पताल, मेडिकेयर, नेपाल मेडिकल कलेज लगायतका अस्पतालले पनि नयाँ बिरामी भर्ना नलिने भन्दै सूचना जारी गरिसकेका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त