नेपालमा भयावह बन्दै कोरोना संक्रमण : आज एकैदिन २२५ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च २२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरमा २२५ जना कोरोना संक्रमितले ज्यान गुमाएका हुन्। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमित सहित देशमा कुल कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । यीमध्ये ३ लाख १२ हजार १९ जना निको भइसकेका छन्। गत २४ घण्टामा २१ हजार३१६ जनाको कोरोना परीक्षण गरिएको थियो ।
आज मात्रै ५ हजार २२५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार ८ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा