अक्सिजन अभाव भएपछि नेपाल मेडिकल कलेजले भन्यो -‘हामी उपचार गर्न सक्दैनौं बिरामी अन्तै लानुस्’
हेल्थ टिभी अनलाइन \काठमाडौं : अक्सिजन अभाव भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई अन्तै जान आग्रह गरेको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै अस्पतालमा आजसम्मलाई पुग्ने मात्र अक्सिजन रहेको भन्दै उनीहरुलाई बेलैमा आफनो व्यवस्था गर्न भनिएको छ ।अस्पतालले अक्सिजन सप्लाई गर्ने कम्पनीको मेशिन बिग्रिएकाले तत्काल अस्सिजन उपलब्ध हुन गाह्रो पर्ने भन्दै बिरामीलाई यस्तो आग्रह गरेको हो ।
यसकाबारेमा स्वास्थ्य मन्त्रालय लगायतका सरोकारवाला निकायमा जानकारी गराइएको समेत सूचनामा उल्लेख छ । पछिल्लो समय ठूला अस्पतालहरुमा अक्सिजन अभाव भएपछि धेरैले नयाँ बिरामी भर्ना लिन नसक्ने जनाउँदै सूचना जारी गरिरहेका छन्।
आजै मेडिसिटी अस्पतालले पनि नयाँ बिरामी भर्ना नलिने भन्दै सूचना जारी गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा