शुक्रराज ट्रपिकल अस्पतालमा पीसीआर परीक्षण सेवा बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण सेवा बन्द भएको छ ।
अस्पतालले विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण सेवा बन्द भएको सूचना जारी गरेको हो । पीसीआरका लागि चाहिने किटहरुको अभाव भएपछि परीक्षण तत्कालका लागि रोक्न परेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए ।
शुक्रराज अस्पतालमा मात्रै दैनिक ५ सय भन्दा बढीको पीसीआर परीक्षण हुँदै आएको थियो । अस्पतालले जारी गरेको सूचनामा सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं उल्लेख छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा