काठमाडौं उपत्यकामा जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेल लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप भेरोसेल जेठ २ गतेदेखि सञ्चालन गर्ने भएको छ।
उपत्यकामा कोरोना तीब्र बढेपछि एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी भिडभाड हुन नदिन कुपन वितरण व्यवस्था मिलाउन सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
यसअघि १८ देखि ६० वर्षसम्म उमेर समूहलाई खोप शुरु गरिएको भए पनि अत्यन्त भिडभाड भएपछि सो अभियान स्थगित गरिएको थियो । कोरोना महामारी जारी रहेकाले खुला स्थानमा भिडभाड नहुने गरी खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबैलाई आग्रह समेत गरेको छ ।
अहिले सबैभन्दा बढी सक्रिय संक्रमित उपत्यकामा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा