कोरोना संक्रमणबाट आज एकैदिन १३९ जनाको मृत्यु, ९ हजार २७१ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा गत २४ घण्टामा १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबै गरी १३९ जना संक्रमितको मृत्यु भएको हो । यो अहिलेसम्मकै उच्च संख्या हो ।
योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ । उता गत २४ घण्टामा देशभर ९ हजार २७१ जना संक्रमित थपिएका छन्। योसहित कुल संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ ।
यीमध्ये हालसम्म ३ लाख ६ हजार ७९४ जना भने संक्रमणमुक्त भइसकेका छन्। गत २४ घण्टामा ४ हजार ७ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हाल देशभर आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा