कोरोनाको असर : एसईई र कक्षा १२ को परीक्षा स्थगित
हेल्थ टिभी अनलाइन \काठमाडौं : बढ्दो कोरोना महामारीका कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।
आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक बैठकले कोरोना महामारीको जोखिम दिनप्रतिदिन बढेकाले र धेरै स्थानमा निषेधाज्ञाका कारण दुवै तहका बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले यसअघि एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।
स्थगित गरिएको परीक्षा अब कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा भने १५ दिनभित्र बोर्ड सदस्यहरुले आ-आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा