Health TV Online
Health TV Online
Health TV Online

मेट्रो अस्पतालले भन्यो- अक्सिजन सहज आपूर्ति नभएसम्म नयाँ बिरामी लिन सक्दैनौं

मेट्रो अस्पतालले भन्यो- अक्सिजन सहज आपूर्ति नभएसम्म नयाँ बिरामी लिन सक्दैनौं

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको महाराजगञ्जमा अवस्थित मेट्रो काठमाडौं अस्पतालले अक्सिजन अभावका कारण अब थप बिरामी भर्ना गर्न नसक्ने बताएको छ ।

अस्पतालका सिइओ प्रकाश वलीले सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन अप्रयाप्त भएकाले अबदेखि अक्सिजन आपूर्ति सहज नभएसम्म नयाँ बिरामी भर्ना गरेर उपचार गर्न नसक्ने जनाए । उनले अस्पतालमा सम्पूर्ण सेवा, जनशक्ति हुँदाहुँदै पनि बिरामी भर्ना गर्न नसक्ने अवस्था आउनु दुखद भएको बताए ।

उनले सरकारले अक्सिजनका लागि स्वास्थ्य मन्त्रालय र अहिले फेरी सीसीएमसीको सिफारिस चाहिने झन्झटिलो प्रक्रिया लागू गरेकाले अक्सिजन पाउनै मुश्किल भएको बताए । मेट्रोमा हाल २६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुलाई दैनिक कम्तीमा पनि ४० देखि ५० वटा अक्सिजन सिलिण्डरको आवश्यकता परिरहेको छ । तर अहिले ३० वटा सिलिण्डरले मात्र काम चलाइरहेका छौ, वलीले भने । यस्तो अवस्थामा नयाँ बिरामीको त कुरै छोडौं भर्ना भएका बिरामीलाई पनि कसरी बचाउने भन्ने भएको उनको भनाई छ । उनले सरकारले अक्सिजन सहज बनाउन बेलैमा पहल नगरे धेरै ठूलो क्षति हुनसक्ने जिकीर गरे ।

मेट्रो अस्पताल जस्तै उपत्यकामा अन्य ठूला अस्पतालले पनि अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना लिन नसकिने भन्दै विज्ञप्ति निकालिरहेका छन्। सरकारले अस्पतालहरुले अक्सिजन लिनको लागि सीसीएमसीको सिफारिस चाहिने निर्णय गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार