कोरोनाको लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको नि:शुल्क परीक्षण हुने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको अबदेखि नि:शुल्क पीसीआर परीक्षण गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा कोरोनाको लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको नि:शुल्क परीक्षण हुने बताएका हुन्।
उनले आज भएको प्रेस ब्रिफिङमा लक्षणसहितका बिरामी र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुले अब सरकारी प्रयोगशालामा शुल्क तिर्न नपर्ने गरी मन्त्रालयले निर्णय गरेको जनाए ।
यसअघि पीसीआर परीक्षणको सरकारी अस्पतालमा १ हजार रुपैयाँ शुल्क तोकिएको थियो भने निजी प्रयोगशालामा २ हजार रुपैयाँ शुल्क तोकिएका थियो ।
हाल देशभर ८७ वटा पीसीआर परीक्षण गर्ने प्रयोगशाला रहेकोमा ५१ वटा सरकारी र ३६ वटा निजी स्तरबाट संचालित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा