Health TV Online
Health TV Online

३१ वर्षीया महिलासहित गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

३१ वर्षीया महिलासहित गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकीको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै हिजो साँझदेखि अहिलेसम्म ११ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २६२ पुगेको छ । यसरी मृत्यु हुनेहरुमा कास्कीमा ६ जना, स्याङ्जाका २ जना, रुपन्देहीका एक जना, पर्वतका एक जना र म्याग्दीका एक जना रहेका छन्।

उनीहरुको उपचारकै क्रममा मृत्यु भएको हो । कोरोनाबाट मृत्यु भएकाहरुको उमेर ३१ देखि ६० वर्ष रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणबाट ३ हजार ६३२ जनाको मृत्यु भइसकेको छ ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार