शनिबार ८ हजार ४१८ कोरोना संक्रमित थपिए, ५३ जनाको मृत्यु
२४ घण्टामा ३ हजार ३७० जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ८ हजार ४१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टामा १७ हजार ३१५ जनाको पीसीआर विधिबाट र ९८९ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । उता पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा ३ हजार ६३२ पुगेको छ ।
यसैगरी आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या बढेर ८३ हजार ४९३ पुगेको छ । जो होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। कुल संक्रमितमध्ये २ लाख ९८ हजार ७६५ जना संक्रमणमुक्त भइसकेका छन्। आज मात्रै ३ हजार ३७० जना कोरोना जितेर निको भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा