काठमाडौं उपत्यकामै छन् ३४ हजारभन्दा बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा मात्रै हाल ३४ हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। उपत्यकामा तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३४ हजार ६२१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यीमध्ये काठमाडौंमा २५ हजार ९४०, भक्तपुरमा ३ हजार २५२ र ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित रहेका छन्। उता हालसम्म काठमाडौंमा ८१४ जना, भक्तपुरमा १६८ जना र ललितपुरमा २३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यसो त काठमाडौंका कुल संक्रमत १ लाख ३९ हजार ५५६ मध्ये १ लाख १२ हजार ८०२ जना संक्रमणमुक्त भइसकेका छन्।
उता भक्तपुरमा कुल संक्रमितको संख्या १३ हजार २४५ पुगेको छ भने ९ हजार ८२५ जना निको भइसकेका छन्। ललितपुरमा हालसम्म २३ हजार २९६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १७ हजार ६३५ जना निको भएर डिस्चार्ज भएका छन्। उपत्यकाकाका विभिन्न अस्पतालमा १९४ जना संक्रमितको आइसीयूमा र ८८ जनाको भेन्टिलेटरमा उपचार भइहरेको छ ।
पछिल्लो समय कोरोना संक्रमण उपत्यकामा उच्च दरमा फैलिरहेको छ । जसका कारण अस्पतालमा संक्रमितलाई बेड पाउनै मुश्किल छ । अहिले देशभर सक्रिय कोरोना संक्रमतिको संख्या ७८ हजार ६२९ रहेको छ । शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ रहेको मन्त्रालयले जनाएको छ ।
घनाबस्ती भएका कारण पनि उपत्यका कोरोनाको उच्च जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा