नेपालमा २ लाख ९२ हजार ४९० जनाले जिते कोरोना, ३ हजार ५२९ को मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । यीमध्ये ७९ दशमलब ४ प्रतिशत अर्थात २ लाख ९२ हजार ४९० जनाले कोरोना जितेर संक्रमणमुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी हाल देशभर ७२ हजार ५६१ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमण पुष्टि भएकामध्ये ३ हजार ५२९ को मृत्यु भएको छ । उता अहिले पनि कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ३१४ रहेको छ ।
नेपालमा हालसम्म झण्डै २१ लाखले कोरोना विरुद्धको खोप लगाइसकेका छन् भने ३ लाख ६२ हजारभन्दा बढीले दोस्रो डोज समेत लिइसकेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेहरुमा पुरुष ६३ दशमलब ३ प्रतिशत र महिला ३६ दशमलब ९७ प्रतिशत रहेको छ । हाल २० जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। उता देशभर बिहिबारसम्म ६५२ जना सिकिस्त संक्रमितको आइसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा