Health TV Online
Health TV Online

नेपालमा २ लाख ९२ हजार ४९० जनाले जिते कोरोना, ३ हजार ५२९ को मृत्यु

नेपालमा २ लाख ९२ हजार ४९० जनाले जिते कोरोना, ३ हजार ५२९ को मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । यीमध्ये ७९ दशमलब ४ प्रतिशत अर्थात २ लाख ९२ हजार ४९० जनाले कोरोना जितेर संक्रमणमुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी हाल देशभर ७२ हजार ५६१ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमण पुष्टि भएकामध्ये ३ हजार ५२९ को मृत्यु भएको छ । उता अहिले पनि कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ३१४ रहेको छ ।

नेपालमा हालसम्म झण्डै २१ लाखले कोरोना विरुद्धको खोप लगाइसकेका छन् भने ३ लाख ६२ हजारभन्दा बढीले दोस्रो डोज समेत लिइसकेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेहरुमा पुरुष ६३ दशमलब ३ प्रतिशत र महिला ३६ दशमलब ९७ प्रतिशत रहेको छ । हाल २० जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। उता देशभर बिहिबारसम्म ६५२ जना सिकिस्त संक्रमितको आइसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार