Health TV Online
Health TV Online

उकालो लाग्दै कोरोना ग्राफ : एकैदिन ९ हजारभन्दा बढीमा संक्रमण

उकालो लाग्दै कोरोना ग्राफ : एकैदिन ९ हजारभन्दा बढीमा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण उकालो लागिरहेको छ । आज एकैदिन ९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको छ ।

उता कुल कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । मन्त्रालयका अनुसार देशभर  सक्रिय कोरोना संक्रमितको संख्या नै ७२ हजार ५६१ पुगेको छ ।पछिल्लो २४ घण्टामा २७ सय ७ जना संक्रमणमुक्त भएका छन्।

गत २४ घण्टामा २० हजार ३६७ जनाको पीसीआर विधिबाट र ७७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार अहिले ३१४ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार