उकालो लाग्दै कोरोना ग्राफ : एकैदिन ९ हजारभन्दा बढीमा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण उकालो लागिरहेको छ । आज एकैदिन ९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको छ ।
उता कुल कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय कोरोना संक्रमितको संख्या नै ७२ हजार ५६१ पुगेको छ ।पछिल्लो २४ घण्टामा २७ सय ७ जना संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टामा २० हजार ३६७ जनाको पीसीआर विधिबाट र ७७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार अहिले ३१४ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा