Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संक्रमितलाई बेड चाहिए स्वास्थ्य मन्त्रालयका यी नम्बरमा फोन गरौं

संक्रमितलाई बेड चाहिए स्वास्थ्य मन्त्रालयका यी नम्बरमा फोन गरौं

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोना संक्रमितलाई अस्पताल जान परेमा वा बेड चाहिएमा तीन वटा नम्बरमा फोन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै संक्रमितलाई अस्पताल जान परेमा वा बेड चाहिएमा मन्त्रालयका तीन नम्बरमा फोन गर्न आग्रह गरेको हो। ती नम्बरहरु यसप्रकार रहेका छन् : टोल फ्रि नम्बर ११३३ एवं ९८५१२५५८३९९८५१२५५८३७ मा संक्रमित र उनीहरुका आफन्तले फोन गर्न सक्ने सूचनामा जनाइएको छ ।

नेपालमा प्रत्येक दिन संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेड अभाव भएको कुरा बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले यसरी सहयोग लिन आग्रह गर्दै फोन नम्बर सार्वजनिक गरेको हो । मन्त्रालयले चौबिसै घण्टा यी नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन