संक्रमितलाई बेड चाहिए स्वास्थ्य मन्त्रालयका यी नम्बरमा फोन गरौं
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोना संक्रमितलाई अस्पताल जान परेमा वा बेड चाहिएमा तीन वटा नम्बरमा फोन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै संक्रमितलाई अस्पताल जान परेमा वा बेड चाहिएमा मन्त्रालयका तीन नम्बरमा फोन गर्न आग्रह गरेको हो। ती नम्बरहरु यसप्रकार रहेका छन् : टोल फ्रि नम्बर ११३३ एवं ९८५१२५५८३९ र ९८५१२५५८३७ मा संक्रमित र उनीहरुका आफन्तले फोन गर्न सक्ने सूचनामा जनाइएको छ ।
नेपालमा प्रत्येक दिन संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेड अभाव भएको कुरा बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले यसरी सहयोग लिन आग्रह गर्दै फोन नम्बर सार्वजनिक गरेको हो । मन्त्रालयले चौबिसै घण्टा यी नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा