बाँकेमा १२ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : कोरोनाको हटस्पट बनेको बाँकेमा गत १२ घण्टाभित्र १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोभिड फोकल पर्सन तेज वलीका अनुसार १२ घण्टामा १० जना कोरोना संक्रमितको ज्यान गएको हो ।
यसरी मृत्यु हुनेहरु ९ जना बाँकेका र एक जना जाजरकोटका रहेका छन् भने उमेर २७ वर्षदेखि ७८ वर्ष सम्मका रहेका छन्। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १५७ पुगेको छ । उता बाहिरी जिल्लाबाट आएर मृत्यु हुनेको संख्या १२७ रहेको छ ।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालमा बेड तथा अक्सिजनको अभावका कारण कयौं संक्रमित अस्पताल नपुग्दै ज्यान गुमाउन बाध्य भइरहेका छन्। नेपालमा हिजो एकैदिन ५८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा