Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज संक्रमण पुष्टि हुनेहरुमा झण्डै आधा संक्रमित २० देखि ३९ वर्ष समूहका

आज संक्रमण पुष्टि हुनेहरुमा झण्डै आधा संक्रमित २० देखि ३९ वर्ष समूहका

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज संक्रमण पुष्टि भएको कोरोना संक्रमितमध्ये झण्डै आधा संक्रमित २० देखि ३९ वर्ष समूहका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका ८ हजार ६५९ जनामध्ये ४ हजार १५४ जना २० देखि ३९ वर्ष समूहका रहेका छन्।

यो समूहलाई कोरोनाको जोखिममा नरहेको भन्दै सरकारले पनि कोरोना खोपको प्राथमिकतामा राखेको थिएन । तर अहिले सबैभन्दा बढी संक्रमण यही समूहमा देखिन थालेको छ । यसरी आज संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा बढी ३० देखि ३९ वर्ष समूहका २१ सय ३ जना रहेका छन् भने २० देखि २९ वर्षका २ हजार ५१ जना रहेका छन्। उता ४० देखि ४९ वर्षका १५ सय ५३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उता कोरोनाको पहिलो वेभमा बच्चाहरुमा खासै संक्रमण नदेखिएको भए पनि यसपटक भने धेरै बच्चाहरुमा संक्रमण देखिएको छ । आज मात्रै जन्मेदेखि ९ वर्षका २१३ जना र १० देखि १९ वर्षमा ५२४ जना किशोरकिशोरीमा कोरोना पुष्टि भएको जनाइएको छ ।  ११ सय ७३ जना संक्रमित भने ५० देखि ५९ वर्षका रहेका छन्।

संक्रमणको पहिलो लहरमा ज्येष्ठ नागरिक बढी प्रभावित भएका थिए। तर यस पटक कोरोनाको संक्रमणको चपेटामा बढी जसो युवा वर्ग परेको देखिन्छ। जटिलता बढेर अस्पताल आउने पनि २० देखि ३९ वर्षका व्यक्ति बढी रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन