आज कोरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाए, ८ हजार ६५९ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५८ जनाको मृत्यु भएको हो । एकैदिन मृत्यु भएको यो अहिलेसम्मकै उच्च संख्या हो । उता गत २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ भने अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको छ ।
आज देशभरका प्रयोगशालाबाट २० हजार ७५६ जनाको पीसीआर विधिबाट र ६१६ जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो । यसैगरी आज १ हजार ९९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा