Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज कोरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाए, ८ हजार ६५९ संक्रमित थपिए

आज कोरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाए, ८ हजार ६५९ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५८ जनाको मृत्यु भएको हो । एकैदिन मृत्यु भएको यो अहिलेसम्मकै उच्च संख्या हो । उता गत २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ भने अहिलेसम्म  कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको छ ।

आज देशभरका प्रयोगशालाबाट २० हजार ७५६ जनाको पीसीआर विधिबाट र ६१६ जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो । यसैगरी आज १ हजार ९९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन