आज एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज एकैदिन ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एकैदिन मृत्यु भएको यो संख्या नेपालमा कोरोना महामारी शुरु भएयताकै उच्च हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ६६० जन नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । उता कोरोना संक्रमण भएर ज्यान गुमाउनेको ३ हजार ४१७ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या बढेर ५९ हजार ७९८ पुगेको छ । आज १७ सय ७५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा