काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो, पसल बिहान मात्र खोल्न पाइने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरी एक साता थप गरिएको छ ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता थप गरी २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसका साथै निषेधाज्ञालाई अझै कडा गर्दै खाद्यान्न पसल खोल्ने समय बिहान सातदेखि ९ सम्म गर्ने र साँझ खोल्न नपाइने निर्णय भएको छ । यसअघि बिहान र साँझ पसल खोल्न पाइने थियो ।
उता बैंक तथा वित्तीय संस्थाहरुले २० प्रतिशत मात्र कर्मचारी बोलाएर काम चलाउनुपर्ने निर्णय भएको छ । साइकल चलाउने तथा कवाडी संकलन, ठेला गाडा समेत सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । प्रशासनले यसअघि जारी भएका सबै प्रकारका पास खारेज गर्ने निर्णय पनि गरेको छ ।
वैशाख १६ बाट शुरु भएको एक साताको निषेधाज्ञा भोलि सकिनु अगावै थप एक साता निषेधाज्ञाको समय थप गरिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा