५४ हजार सक्रिय संक्रमितमध्ये ५० हजारभन्दा बढी होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ५० हजार १७२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ८६९ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन् ।
मन्त्राललयका अनुसार पछिल्लो पटक कोरोना पुष्टि हुनेहरुमा बढी जटिलता देखिएको छ । जसका कारण अस्पतालमा भर्ना हुने उपचार चाहिने संक्रमितको संख्या उच्च रहेको मन्त्रालयले जनाएको छ । घरमै बसेका बेला एक्कासी समस्या आएर ज्यान गुमाउने संक्रमितको संख्या पनि बढ्दो भएकाले होम आइसोलेसनमा बसेकालाई आफनो स्वास्थ्यको निगरानी गर्न र केही भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।
सोमबारसम्म देशभर ५ सय ७८ जनाको उपचार भइरहेको छ । उता भेन्टिलेटरमा उपचार भइरहेको सिकिस्त संक्रमितको संख्या १४२ पुगेको छ । अहिलसम्मे नेपालमा ३ लाख ४३ हजार ४१८ जनामा कोरोना पुष्टी भइसकेको छ भने ३ हजार ३६२ जनाको मृत्यु भइसकेको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त