Health TV Online
Health TV Online

कोरोनाको नयाँ रेकर्ड : २४ घण्टामा ७ हजार ४४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

कोरोनाको नयाँ रेकर्ड : २४ घण्टामा ७ हजार ४४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणले नयाँ नयाँ रेकर्ड कायम गर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ ।

यो अहिलेसम्मकै संक्रमितको उच्च संख्या र मृत्यु हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । उता हालसम्म कोरोना संक्रमण भएर ३ हजार ३६२ जनाले ज्यान गुमाइसकेका छन् ।

गत २४ घण्टामा २ हजार २१ जना संक्रमितले कोरोना जितेर निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना जित्नेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ जो होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार