Health TV Online
Health TV Online

अवकास प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा लिइने

उपत्यकामा एक हजार बेडको कोभिड अस्पताल बनाइँदै

अवकास प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा लिइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणको महामारी बढेपछि सरकारले अवकास पाएर घर बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्। उनले कोरोना संक्रमण तीब्र रुपमा फैलिएकाले अहिले अवकास पाएर घरमै बसेका दक्ष तथा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा लिने निर्णय गरेको जनाए । यसैगरी सम्बोधनका क्रममा प्रधानमन्त्री अ‍ोलीले कोरोना संक्रमितको उपचारका लागि १ हजार बेडको अस्थायी अस्पताल बनाउने जिम्मा नेपाली सेनालाई दिइसकिएको र त्यो छिट्टै तयार हुने जनाए ।

उनले सरकार अहिले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको समेत जिकीर गरे । प्रधानमन्त्री ओलीले उपत्यकामा भएका ठूला सरकारी तथा नीजि अस्पताल र मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरी साना अस्पतालमा ननकोभिड बिरामी भर्ना गरिने समेत जनाए ।

उनले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतलाई जोखिम भत्ता एवं उपचारको व्यवस्था साथै वीमाको पनि व्यवस्था गरिने बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार