Health TV Online
Health TV Online

अध्ययन बिदामा बसेका स्वास्थ्यकर्मीलाई पनि सेवामा खटाउँदै स्वास्थ्य मन्त्रालय

अध्ययन बिदामा बसेका स्वास्थ्यकर्मीलाई पनि सेवामा खटाउँदै स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएपछि अध्ययन बिदामा बसेको स्वास्थ्यकर्मीलाई पनि काममा खटिन निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै अध्ययन बिदामा बसेका स्वास्थ्यकर्मीको अहिले अध्ययन नभएकाले उनीहरुलाई आफ्नो दरबन्दी रहेको संस्थामा हाजिर भई सेवामा खटिन निर्देशन दिएको हो । कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेपछि स्वास्थ्य मन्त्रालयले आइतबार एक बैठक बसी यस्तो निर्णय गरेको जनाएको छ ।

यसका साथै सूचनामा विभिन्न चिकित्सा विधामा अध्ययनरत तथा अध्यापन गर्नेहरुलाई पनि अहिलेको विषम परिस्थतीमा उक्त कलेज तथा विश्वविद्यालयले उपचार सेवामा खटाउन साथै आवश्यक परेमा अन्य अस्पतालमा समेत पठाउन आग्रह गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार