Health TV Online
Health TV Online
Health TV Online

होम आइसोलेसनमा बसेका संक्रमितलाई जथाभावी औषधि नखान स्वास्थ्य मन्त्रालयको आग्रह

होम आइसोलेसनमा बसेका संक्रमितलाई जथाभावी औषधि नखान स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेको संक्रमितलाई जथाभावी आफूखुशी औषधि नखान आग्रह गरेको छ ।

पछिल्लो समय होम आइसोलेसनमा बसेका कयौं संक्रमितले निको भइसकेका संक्रमितको सल्लाह लिई उनीहरुले खाएको औषधि आफू खुशी चिकित्सकको सल्लाहविना खाने गरेको पाइएको भन्दै यस्तो नगन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जथाभावी औषधि खाँदा उल्टो स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने भन्दै चिकित्सककको सिफारिसमा मात्रै औषधि सेवन गर्न आग्रह गरे ।

यसका साथै होम आइसोलेसनमा एक्लै बस्दा निरासा छाउन सक्ने हुँदा आफूलाई मन पर्ने पुस्तक पढ्ने, रमाइला फिल्म हेर्ने गरेर समय बिताउन सकिने समेत उनले जनाएका छन्। कोरोना संक्रमणभएपछि खानामा रुचि नहुने भए पनि रोगसँग लड्नका लागि थोरै थोरै भए पनि स्वस्थकर खाना खाइरहन समेत उनले सल्लाह दिएका छन्।

यसका साथै डा गौतमले घरमा बसेका सबै संक्रमितले आफ्नो स्वास्थ्य अवस्था ठीक भए नभएको जाँच गर्नका लागि ज्वरो र अक्सिजन लेबलको बारेमा जानकारी लिने र केही असजिलो महशुस भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

हाल ४८ हजार ७११ जना सक्रिय कोरोना संक्रमितमध्ये ४५ हजार १८१ जना होम आइसोलसनमा रहेका छन् भने ३ हजार ५३० जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार