नेपालमा सक्रिय संक्रमितको संख्या नै ४३ हजार नाघ्यो
५११ सिकिस्त संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या नै ४३ हजार नाघेको छ । गत २४ घण्टामा ५ हजार ७६३ जना नयाँ संक्रमित थपिएसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या ४३ हजार २१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यीमध्ये ४० हजार १०३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ११० जना संस्थागत आइसोलेसनमा रहेका छन्। शनिबारसम्म ४०१ जना संक्रमितको आइसीयूमा र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै १३४ जना आइसीयूमा र ५६ जना भेन्टिलेटरमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ३ हजार २९८ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो समय सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि नयाँ संक्रमितले आइसीयूको त कुरै छोडौं सामान्य बेड समेत पाउन छोडेका छन्। स्वास्थ्य मन्त्रालय आफैले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिएको भन्दै सबैलाई सचेत हुन अपिल गरेको थियो ।
मन्त्रालयका अनुसार हालसम्म ३ लाख २८ हजार ८९३ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये २ लाख ८२ हजार ३८२ जना निको भइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा