दिनदिनै बढ्दैछन् नयाँ संक्रमित : आज ५ हजार ७२७ जनामा संक्रमण पुष्टि
२४ घण्टामा ३३ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उता गत २४ घण्टामा ३३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ । उता आज कोरोना संक्रमणमुक्त भएर ९२८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।
पछिल्लो समय नयाा संक्रमित थपिने क्रम बढेपछि अस्पतालमा बेड पाउनै छाडेको छ जसका कारण कति संक्रमितको मृत्यु समेत भइरहेको छ । संक्रमण उच्च भएपछि आज स्वास्थ्य मन्त्रालयले सबैलाई सावधानी अपनाउन अपिल गर्दै सूचना जारी गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा